मोरङ । कोशी प्रदेश नाम खारेजको माग गर्दै विराटनगरस्थित प्रदेशसभा आइतबार घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेका छन् ।प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा आदिवासी जनजाति समुदायले प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएको छ । प्रदर्शनकारीले विराटनगरको देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी मोरङ प्रमुख दीपक पोखरेलले बताए । प्रदर्शनकारीले भाटा, गुलेलीलगायतका घरेलु हतियारसहित आन्दोलनमा उत्रेका छन् ।जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाकर्मीले कोशी प्रदेशका विभिन्न पहाडीलगायतका जिल्लाबाट आन्दोलनकारी बोकेर विराटनगरतर्फ आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गमा जाँच गरी फर्काउने र नियन्त्रणमा लने गरेका छन् । अहिले दिउँसो २ बजेबाट प्रदेशसभाको बैठक बस्ने भएकाले आन्दोलनकारीहरू विराटनगरको सहिद मैदान अगाडि भेला भएर प्रदर्शन गर्दै प्रदेशसभातर्फ गइरहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia