इटहरी ।  प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोशी प्रदेश सरकारले औपचारिक आह्वान गरेको छ ।प्रदेश सरकारका तर्फबाट प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् ।आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । गत फागुन १७ गते प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले तत्कालीन प्रदेश १ को नाम कोशी राखेको थियो। नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia