इनरूवा । स्थानीय तह, समुदाय र आन्तरिक श्रोत साधन एवं प्रहरी कर्मचारीहरुको श्रमदानबाट निर्माण गरिएकाे जिल्ला प्रहरी कार्यालय अन्तरगत बहुउद्देश्यीय सभाहलको समुदघाटन सम्पन्न भएकाे छ । काेशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक राजेशनाथ बास्ताेलाले उक्त भवनकाे समुदघाटन गरेका हुन ।

कार्यक्रममा सुनसरीका बिभिन्न पालिकाहरूका प्रमुख, उपप्रमुख, प्रहरी अधिकारी, उद्योग बाणिज्य संघका पदाधिकारी, समुदाय(प्रहरी साझेदारी अन्तर्गतका पदाधिकारीहरु, जनप्रतिनिधि, सञ्चारकर्मीहरूकाे ब्यापक उपस्थिती रहेकाे थियाे । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएकाे थियाे । कार्यक्रमलाइ सम्बाेधन गर्दै काेशी प्रहरी प्रमुख राजेशनाथ बास्ताेलाले प्रहरी जनताकाे सेवक हुनुपर्नेमा जाेड दिएका थिए ।

उनले समाजमा हुने अपराधिक गतिविधिहरूलाइ न्युनिकरण गर्न प्रहरी प्रसाशन कसैसंग नझुकि कर्तब्यनिस्ठ भएर लाग्नु पर्ने बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालले नवनिर्मित भवकाे बारेमा जानकारी दिएका थिए । ढकालले भवन निर्माण सम्पन्न हुनुमा स्थानिय पालिकाहरूकाे ठुलाे याेग्दान रहेकाे बताए ।

उनले इनरूवा नगरपालिकाबाट स्विकृत बजेट रू ५३,१५,४९५।२१ पैसा मध्ये ३८,६९,५२१ रूपैयामा साे भवन निर्माण सम्पन्न भएकाे र अब तालिम लगायतका कार्यक्रमहरू गर्न प्रहरीलाइ सहज भएकाे बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ सुनसरी जिल्ला अध्यक्ष मेघराज न्यौपाने, उद्योग बाणिज्य संघ ईनरुवाका अध्यक्ष बिरेन्द्र कुमार साह, हरिनगरा गाउँपालिका अध्यक्ष गफार अंसारी मिया, ईनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, जिल्ला समन्वय समितीका सभापति राजन मेहता, उपप्रमुख कमला दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia