धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानीको चरम अभाव भन्दै एक साताका लागि पठनपाठन बन्द गरेको छ। प्रतिष्ठानले मगलबार सूचना निकाल्दै अस्पताल परिसरमा खानेपानीको चरम संकट भएपछि पढाइ बन्द गर्नुपरेको जनाएको छ।

पर्याप्त मात्रामा पानी आपूर्ति गर्न नसक्दा दोस्रो वर्षको बीडीएस र इन्टर्नको पठनपाठन बन्द गरिएको जानकारी प्रतिष्ठानका सहायक डीन भिम्मी सिंहले दिएका छन्। प्रतिष्ठानले पानी अभाव भएपछि यही जुलाई ६ गतेदेखि १३ जुनसम्मका लागि पठनपाठन बन्द गरेको हो।

धरानमा मेयर हर्क साम्पाङले पानी अभाव टार्नका लागि अभियान चालिरहेका छन्। तर पनि केही समययताको खडेरीका कारण धरानमा पानी अभाव हुँदै गएको छ। साम्पाङले अहिले धरान कोकाहा खोलाको पानी धरानमा ल्याउने प्रयास गरिरहेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia