trusted online casino malaysia
trusted online casino malaysia
- राहुल साह

इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा आर्थिक अनियमितता बढ्दै गएको स्थानीयहरुले आरोप लगाएका छन् । पालिकामा चालु आर्थिक बर्ष देखि बिगतका आर्थिक बर्षमा समेत आर्थिक अनियमितता, भ्रष्टाचारमा बृद्धि भएको स्थानीयहरुले आरोप लगाएका छन् । कोशी गाउँपालिकामा कर्मचारी नियुक्ति, शिक्षक नियुक्ति, विकास निर्माणको कार्य, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, सञ्चार, कृषि लगायतको शिर्षकमा छुट्टयाइएको बजेटमा आर्थिक अनियमितता बढेको छ भने इन्धन, गाडी मर्मत लगायतको शिर्षकमा समेत आर्थिक हिनामिना भएको एक कार्यपालिका सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताउनुभयो ।

पालिकामा आफनो आफन्त तथा आसेपासेलाई नियुक्ति गरेको स्थानीयको आरोप छ । पालिकामा क्षमता भन्दा बढी कर्मचारीको नियुक्ति गर्नुका साथै केही दिन अगाडि मात्र पालिकाले गरेको शिक्षक नियुक्तिमा समेत आर्थीक चलखेल भएको कुरा सार्वजनीक भएको छ । पालिकामा शिक्षक नियुक्तिका बेलामा एउटा राहत दरबन्दी भएको ठाउमा शिक्षक नियुक्ति गर्ने बेलामा ४ लाख ५० हजार रुपैया लिएको र अर्को व्याक्तिले ६ लाख ५० हजार रुपैयाँ दिएपछि कम पैसा दिएका व्याक्तिलाई नियुक्ति नगरेको पीडित व्यक्तिले बताउनुभयो ।

कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले हामीले कुनै पनि किसिमका आर्थीक अनियमितता गरेका छैनौ, सम्पुर्ण प्रशासनिक कार्यहरु नियमसंगत नै गरेका छौ भनि प्रष्ट पार्नु भएको छ। कार्यालयका सम्पुर्ण अभिलेखहरु चुस्त र दुरुस्त छन्। शिक्षक नियुक्तिका सम्बन्धमा वहाले आर्थीक चलखेल नभएको हुन सक्ने र आफु स्वयं शिक्षक नियुक्ति प्रकृयामा नरहेको प्रष्ट पार्नु भयो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia