
फागुन ६ चाँदबेला/ सुनसरीको चाँदबेला गाविस पूर्ण खोप तथा शतप्रतिशत जन्मदर्ता सम्पन्न गाविस घोषणा भएको छ ।
५ बर्ष मुनिका सबै बालबालिकाहरुमा खोपको पहुँच पुरा गएको र जन्मदर्ता सम्पन्न गराइसकिएको आधारमा चाादबेलालाई पूर्ण खोप तथा शतप्रतिशत जन्मदर्ता गाविस घोषणा गरिएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले चाँदबेला गाविसलाई पूर्ण खोप तथा शतप्रतिशत जन्मदर्ता सम्पन्न भएको गाविस घोषणा गर्नुभएको हो । जिल्लाको तेस्रो सतप्रतिशत गाविस घोषणा भएको चाँदबेला गाविसमा ५ वर्षमुनिका १४ सय ९८ बालबालिकालाई सबैखाले खोप लगाइसकिएको जानकारी गराइयो ।
१४ सय ९० घरधुरी रहेको चाँदबेलाको कुल जनसंख्या ७ हजार ५ सय ३ जना रहेको छ ।
घोषणा कार्यक्रममा सुनसरीका स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले, जिल्ला जनस्वास्थ्य प्रमुख डिल्लीरमण अधिकारी लगायतको उपस्थिती रहेको थियो ।









