इनरुवा। शिक्षा देशको मेरुदण्ड भएकाले यसलाई मजबुत पार्नुपर्ने संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री प्रमिला कुमारी यादवले बताउनुभएको छ। यादवले सुनसरी सदरमुकाम इनरुवामा जनता समाजवादी पार्टी नेपाल नगर समितिले आयोजना गरेको नगरभेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशको विकास गर्नका लागि मेरुदण्डको रुपमा रहेको शिक्षाको विकास आवश्यक रहेको बताउनुभएको हो ।
राज्यमन्त्री यादवले आफू जसपाको केन्द्रीय राजनीतिक सदस्य समेत रहेकोले सबै विपन्न, पिछडीडिएको क्षेत्रमा शिक्षाको पहुच र गुणस्तरीय शिक्षाको पक्षमा रहेको बताउनुभयो । आफू पूर्व शिक्षक समेत रहेको स्मरण सहित शिक्षालाई राम्रो दृष्टिकोणले हेर्दै आएको जानकार भएको भन्दै शिक्षामा बालविकाश केन्द्रका सहयोगी कार्यकर्ता, विद्यालयको कर्मचारी तथा राहत शिक्षकको समस्या सम्बोधनमा पहल र प्रयास गर्ने बताउनुभयो । आफू हालै शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री भएको भन्दै संघीय शिक्षा ऐन ल्याउन पहलमा जुटेको बताउनुभयो । यादवले आफूलाई गृहजिल्लामा स्वागत, सम्मान तथा बधाई दिएकोमा आभर प्रकट गर्नुहुदै शिक्षाको क्षेत्रमा देखिएको असमान व्यवहार, विद्यालय कर्मचारी तथा राहत शिक्षकको समस्या समाधानमा पहल गर्ने बताउनुभयो । शिक्षकहरुको आग्रह र सुझाव सहितको मागलाई सम्बोधन गर्न आफ्नो पदिय जिम्मेबारीले भ्याएसम्मको प्रयास गर्ने बचन दिनुभयो ।
राज्यमन्त्री यादवले जनता समाजवादी पार्टी नेपालको योजना र ऐजेण्डाले संघीय आएको भन्दै यसको कार्यान्वयन र्गन जरुरी रहेको बताउनुभयो । कार्यक्रम जनता समाजवादी पार्टी नेपालको इनरुवा नगरपालिका समिति उपाध्यक्ष गोपाल यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि समेत रहनुभएकी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री माननीय प्रमिला यादवले सुनसरीमा शिक्षाको विकास र प्राविधिक धारको शिक्षाको लागि पनि पहल रहने बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रिय सल्लाहकार सत्यनारायण मेहता, पार्टीको सुनसरी जिल्ला अध्यक्ष भगिरथ खत्वे, जिल्ला सचीव सूर्यनारायण यादव, संघीय शिक्षक फोरमका अध्यक्ष सुमन मेहता, पार्टीको सुनसरी क्षेत्र नं.२ का अध्यक्ष रामचन्द्र मेहता, क्षेत्र नं. २(ख) का अध्यक्ष सदानन्द यादव, विद्यार्थी युनियनका अध्यक्ष मिथिलेश यादव, पार्टीका हरिनगर गाउपालिका अध्यक्ष धर्मबिर आर्य, भोक्रहा नरसिंहका अध्यक्ष महेन्द्र यादवको उपस्थित रहेको थियो ।