भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह १ मा रहेको शारदा माविका छात्राहरु माथि शिक्षकले कुटपिट गरेको छ। आज विहान करीब ८ बजेको कक्षा संचालनको समयमा शिक्षक अशोक मेहताले कुटपिट गरेको हो।

तराईमा लगातार केही दिनको गर्मीले जनजीवनमा गम्भीर असर परेको छ। भोक्राहा नरसिंह लगायतका सुनसरीको अन्य स्थानहरूमा दिएको गर्मी विदा पश्चात् विद्यालय खुलेपछि कक्षा ७ मा अध्यनरत विद्यार्थिहरु लाई गर्मी भएपछि कोठा बाहिर बसेको समयमा शिक्षक अशोक मेहताले ५ जना छात्राहरुलाई मुक्का र डस्टरले कुटपिट गरेको पीडित विद्यार्थिहरुले बताएका छन।

शिक्षक अशोक मेहताले सुस्मिता कुमारी ठाकुर, पुजा मुखिया, अन्जु उराँव लगायत ५ जना छात्राहरुलाई कुटपिट गरेको स्विकार गरेको छ । शिक्षकको कुटपिटबाट पीडित भएका विद्यार्थिहरुको विद्यालय नजिकै रहेकोे स्वास्थ्य उपचार केन्द्रमा भएको विद्यार्थिका अभिभावकले बताएका हुन। कुटपिटबाट पीडित विद्यार्थिका अभिभावक र गाउँसमाज सहितले शिक्षक अशोक मेहतालाई कारबाहीकालागि माग गरेका छन।
कुटपिट घटनाको विषयमा प्रधानाध्यापक रामु प्रसाद मेहता सङ्ग इनरुवा अनलाईनका समाचार दाता सुरेन्द्र मेहताले सोधपुछ गर्दा तपाई भिडियोग्राफी किन गर्नु भएको, यो सामान्य विषय हो, जवाफ दिन जरुरी छैन्। भनेर गैरजिम्मेवार तरिकाले जवाफ दिएका छन्।








