इटहरी । काेशी प्रदेशका मुख्य मन्त्री हिकमत कुमार कार्कीले बिपदकाे बेला सुरक्षा निकायले खेलेकाे भुमिका अब्बल र प्रशंसानीय रहेकाे बताएका छन । सुनसरीकाे इटहरीस्थित साेमबार नेपाली सेनाकाे पूर्वी पृतना हेड क्वाटरले अायाेजना गरेकाे बिपद जाेखिम न्युनिकरण र व्यवस्थापन अन्तरगत काेशी प्रदेशमा सञ्चालन गरेकाे “एकिकृत हातेमालाे ५” कार्याक्रमकाे समापनमा बाेल्दै मुख्य मन्त्री कार्कीले यस्ताे बताएका हुन ।
बिपदकाे बेला अग्रस्थानमा रहेर सर्वसाधरणकाे ज्यान जाेगाउन अहाेरात्र लागि पर्ने नेपाली सेना , सशस्त्र प्रहरी , नेपाल प्रहरी ,ट्राफिक प्रहरी , जनपथ लगायतका सुरक्षा निकाहरूकाे काम कार्वाहि साच्चै गर्व गर्न याेग्य रहेकाे मुख्यमन्त्री कार्कीले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले अधिकांस बिपतकाे घटना मानवकै कारण हुने हुदा जनस्तरमा चेतना फैलाउने अझै प्रभावकारी कार्यक्रमहरू सरकारले गर्नुपर्ने अाैल्याए ।
कार्यक्रममा २०७२ सालमा गएकाे बिनासकारी महाभुकम्पकाे बेला नेपाली सेनाले गरेकाे उद्धारका भिडियाे तथा बिभिन्न समयमा पषरेकाे प्रकृितिक बिपत्तीमा सेनाले गरेकाे उद्धारका कार्यक्रमहरूबारे दर्शाइएकाे थियाे । काेशी प्रदेशका बिभिन्न जिल्लाहरूमा गरेकाे बिपद व्यवस्थापन सम्बन्धीका अभ्यासहरूकाे पाँचाै श्रृङ्खला साेमबार समापन गरिएकाे पूर्वी पृतना हेडक्वाटर इटहरीका पेतनापती आशबहादुर तामाङले बताउनुभयाे ।
बिपद भन्ने कुरा बाजा बजाएर नआउने र त्यस्ताे बेला सुरषा निकायले गर्नुपर्ने आपतकालिन कार्य त छदैछ त्याे भनदा पनि मान्छे आफै सचेत हुनुपर्ने र प्राकृती बिपत आउनु अघिनै जाेगिनुपर्ने पृतनापती तामाङकाे भनाइ छ । कार्यक्रममा सुनसरी , माेरङका प्रमुख जिल्ला अधिकारी , स्थानिय पालिकाहरूकाे प्रमुख तथा उप प्रमुख , सुरक्षा निकायका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूकाे उपस्थिती रहेकाे थियाे ।
नेपाली सेनाकाे पूर्वि पृतना हेडक्वाटरले २०७५ साल देखि सुरू गरेकाे अभ्यास हातेमालाेकाे पाचाै संस्करण दुइ चरणमा सञ्चालन गरेकाे थियाे । पहिलाे चरणमा दुइ दिन अवधीकाे प्रदेश स्तरीय अभ्यास सञ्चालन गरिएकाे थियाे । मनसुन सुरू हुन लागेकाे समयमा आइपर्ने प्रकृति बिपत्तीलाइ मध्यनजर गर्दे नेपाली सेनाले बिभिन्न षेत्रमा बिपद न्युनिकरण सम्बन्धी अभ्ययासहरू गर्दै आएकाे छ ।








