धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलनमा उत्रिएका छन् । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै इन्टर्न डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन् । वीपी प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् ।प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई जीवन निर्वाह भत्ता बापत मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो भत्ता तीन वर्षयता बढेको छैन ।भत्ता वृद्धिको माग गर्दै तीन दिनदेखि कालोपट्टी बाधेरमा काममा उत्रिएको चिकित्सकहरूले बताएका छन् । आन्दोलनमा उत्रिएका चिकित्सकले मासिक २४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनुपर्ने माग गरिएको आन्दोलनमा उत्रिएका चिकित्सक मध्येका एक डाक्टर प्रशान्त राईले बताए ।‘महंगी बढेको छ, १८ हजार ३ सय रुपैयाँले गुजारा गर्न गाह्रो हुन्छ’, डाक्टर राईले भने, ‘मेडिकल अधिकृतको तलबको आधा बराबर २४ हजार भत्ता बनाउन माग गरेका छौं ।’ आन्दोलनमा उत्रिएका चिकित्सकहरूले बारम्बार प्रतिष्ठान प्रशासनसँग आग्रह गर्दा आफ्नो माग सुनुवाई नभएको बताएका छन् ।प्रतिष्ठानले श्रमशोषण गरेको उनीहरूको गुनासो छ । ‘दिनानुदिन महंगी चुलिरहँदा अहिले हामीले प्राप्त गर्ने पैसाले (१८हजार ३ सय भत्ता) जीवन निर्वाह गर्न सम्भव छ त ?’ चिकित्सकहरूले भनेका छन्’, ‘संस्था घाटामा छ, हामीसँग पैसा छैन भन्ने जस्ता बाहाना बनाई हाम्रो मागको अवहेलना गरिनु कदामी सह्य हुँदैन ।’प्रतिष्ठानमा कार्यकारिणी समिति र सञ्चालक परिषद्को बैठकले तलब भत्ता वृद्धि गर्छ । तीन वर्षअघि पनि इन्टर्न चिकित्सकले आन्दोलन गरेका थिए । २०७७ मंसिर १५ गते प्रतिष्ठानको शिक्षक कर्मचारीको तलब वृद्धि गर्दा इन्टर्न डाक्टरहरूको पनि जीवन निर्वाह भत्ता वृद्धि गर्ने सम्झौता भएको थियो । शिक्षक कर्मचारीको १५ प्रतिशत तलब वृद्धि भएपनि इन्टर्न डाक्टरको जीवन निर्वाह भत्ता वृद्धि भएको छैन ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराहक्षेत्र नगरपालिकामा व्यावसायिक लेखा तालिम सम्पन्न
इनरुवा। बराहक्षेत्र नगरपालिकाको सभा हलमा आज एक समारोहका बिच व्यावसायिक लेखा तालिम कार्यक्रमको औपचारिक समापन भएको छ। चैत्...
सरकारी विज्ञापन वितरण निर्णयविरुद्ध महासङ्घ सुनसरीको आपत्ति,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयप्रति आपत्ति...
नेपाल दशनामी समाज सुनसरीको सातौं अधिवेशन सम्पन्न
इनरुवा। नेपाल दशनामी समाज, सुनसरी जिल्ला कार्यसमितिको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यवाहक महासचिव अ...
सप्तकोशी नदीमा बाँसको झाकमुनि लुकाइएको २२५ केजी गाँजासहित दुई पक्राउ
बराहक्षेत्र नगरपालिका वडा नं.-०६ पटवारी स्थित सप्तकोशी नदीमा २०८३ वैशाख १ गते राति २१:०० बजे लागु औषध गाँजा ओसारपसार भइर...
आर्थिक गणना २०८२ : अर्थतन्त्रको वास्तविक तस्बिर खिच्ने अभियान सुरु
नेपाल सरकार राष्ट्र तथ्याङ्क कार्यलयद्वारा आर्थिक गणना २०८२ को सञ्चालन हुन गइरहेको छ। नेपालमा पहिलो पटक आर्थिक गणना २०७८...
हुण्डी कारोबारको शंकामा दुई जना नियन्त्रणमा, लाखौं नगद बरामद
इनरुवा। सुनसरीको कोशी गाउँपालिका वडा नं. ०८ भण्टावारी क्षेत्रमा चैत्र २७ गते बिहान ०८:३० बजे इलाका प्रहरी कार्यालय भण्टा...








