trusted online casino malaysia
trusted online casino malaysia

बराहक्षेत्र नगरपालिकाको जेष्ठ नागरिकलाई सम्मान स्वरुप घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत शनिबार सार्वजनिक बिदाको दिनमा पनि जेष्ठ नागरिकको घरमै पुगेर स्बास्थ्य परिक्षण गरिएको छ । वडा नं ६ मा शुक्रबारबाट उक्त कार्य सुरु भएको थियो ।

जेष्ठ नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रमको थालनी, सम्मान स्वरुप घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परिक्षण र परामर्श नगरपालिकाबाट खटिएका स्वस्थ्यकर्मीहरुले गर्दे आउनु भएको छ। नगर प्रमुख रमेश कार्कीले कार्यभार ग्रहण गरेको दिन जेष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने निर्णय गर्नु भएको थियो। उक्त निर्णयलाइ कार्यपालिकाबाट अनुमोदन गरि आवश्यक कार्यबिधि बनाएर नगरपालिका भर जेष्ठ नागरिकको घरमा बर्षमा ३ पटक पुगेर स्वास्थ्य परिक्षण, परामर्श दिने कार्यक्रम सञ्चालन भइ राखेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia