इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कृषि पेशामा आधारित किसानहरुलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी बाली विकास कार्यक्रम अन्तर्गत कृषि सामाग्रीहरु वितरण गरेको छ।


पालिकाको वडा नम्बर ७ अन्तर्गत रहेकोे उतम कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा किसानहरुलाई कृषि सामग्री वितरण गरेको हो। भने सहयोग भोक्राहा नरसिंह गाउँपालिकाले गरेको हो।

उतम सहकारी संस्था लिमिटेडका अध्यक्ष पन्कज कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थिए। भने कार्यक्रमको प्रमुख अतिथि भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

 

पावर स्प्रेयर २५ थान , तरकारी बोक्ने कयारेट २२० थान, पानी तान्ने मोटर ३ थान गरि जम्मा ६० जना किसानहरु लाई ५०% अनुदानमा कृषि सामग्री वितरण गरेको उतम कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पंकज कुमार यादवले जानकारी दिएका हुन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia