trusted online casino malaysia
trusted online casino malaysia

इनरुवा। इनरुवा नगरपालिका बस चौक क्षेत्रमा बर्षाको पानीको निकास नभएर स्थानियहरुले समस्या खेप्दैआएका छन्। नगरपालिकाको मुख्य प्रवेश द्वार वर्षाको बेला कुरुप देखिएकोले मुख्य राजमार्ग हुदै यात्रा गर्ने यात्रुको मनमा नकारात्मक प्रभाव पर्ने स्थानियहरु बताउछन्। बिगत लामो समय देखि पानिको उचित निकास नभएको र पटक पटक वडा कार्यालय संग गुहार माग्दा समेत वडा कार्यालयले उचित कदम नचालेको स्थानिय व्यापारीहरुको गुनासो छ।

सामान्य वर्षा मात्र हुदा पनि इनरुवा नगरपालिका वडा नं ४ मा स्थित बस चौक सडक खण्डको दुवै पट्टी पानीले भरि भराउ हुने गरेको छ। राजमार्गको सडकखण्ड नगरको क्षेत्राधिकार भित्र नपर्ने भएको र यस विषयमा हामीले सडक विभाग संग मर्मतकालागि अनुरोध गरि सकेको वडा नं. ४ का वडा अध्यक्ष बौवा लाल मेहता बताउछन्। व्यापारीक कर देखि अन्य कर सम्म हामीले नगरपालिकालाई तिर्ने गरेको र यो भाग वडा अन्तर्गत नै पर्ने भएकोले यसको मर्मत संभार समेत नगरपालिकाको मुख्य दायित्व भएको स्थानियको ठहर छ।

वर्तमान अवस्थामा यसको सामान्य मर्मतकालागि समेत नगरपालिका संग कुनै प्रकारको बजेट नरहेको वडा अध्यक्ष मेहता बताउछन्। हामीले लिखित रुपमानै सडक विभागलाई जानकारी गराईसकेको र चाडै नै यसको ठोस निकास निस्किने बताउछन्। तर वर्षायाम संगै सडक छेउमा जमेको पानि र हिलोले दिनचर्या अझ कष्टकर हुने भएकोले हामी नगरपालिका र वडा कार्यालयलाई अझ शस्कत दवाव दिने स्थानियबासी र व्यापारीहरुको भनाई छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia