trusted online casino malaysia
trusted online casino malaysia

एजेन्सी ।  भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एक गर्भवती महिलाले आत्महत्या गरेको खबरले जनतालाई विचलितत बनाएको छ । बच्चा जन्माएको तेस्रो दिन महिलाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरिन् ।सुत्केरीपछि शरीर पहिलेजस्तै हुनै छैन भन्ने डरले २७ वर्षीया महिलाले आफ्नो जीवन समाप्त गरेकी छन् ।योसँगै उनलाई बच्चा जन्माएपछि जागिर नपाउने डर पनि थियो । मृतक महिला र उनका श्रीमानको व्हाट्सएप च्याटबाट यो कुरा पुष्टि भएको छ ।यो घटना लखनऊको आशियानाको सेक्टर १ क्षेत्रको हो। यहाँ विदेशी युवती २७ वर्षीया ओक्साना मामचरले घरमा झुण्डिएर आत्महत्या गरेकी छिन् ।मूल रूपले युक्रेनकी ओक्साना मामचर तीन महिनाअघि मात्रै घर आएकी थिइन् । यहाँ उनी आफ्नी सासू रुथ र नन्दहरू रुफिना र युहानासँग बस्दै आएकी थिइन् । ओक्सानाका श्रीमान युक्रेनको एक विश्वविद्यालयबाट पीएचडी गर्दैछन्।जुन १४ मा ओक्सानाले एक निजी अस्पतालमा छोरालाई जन्म दिइन् । उनलेले सामान्य प्रसवबाट बच्चालाई जन्म दिइन् । यसपछि उनले युक्रेनमा बस्दै आएका आफ्ना श्रीमानसँग ह्वाट्सएप च्याट र कलमा कुरा गरिन् ।कुराकानीका अनुसार सन्तान जन्माएपछि उनी आफ्नो शरीर बिग्रिने कुराले चिन्तित थिइन् । पहिलेको जस्तो शरीर नहुँदा जागिर पाउन नसक्ने उनको सोच थियो । तर घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेको छैन ।यही चिन्तामा गर्भवती महिलाले घरको स्टोर रुममा झुण्डिएर जीवन अन्त्य गरिन् । त्यतिबेला नवजात छोरा अर्को कोठामा सुतिरहेको थियो।विदेशी महिलाले आत्महत्या गरेको खबर पाएर प्रहरी टोली घटनास्थलमा पुगेर पंचनामा गरी शव पोष्टमार्टमका लागि पठाएको थियो । यसै क्रममा युक्रेनमा रहेका मृतकका श्रीमानलाई जानकारी गराइयो । घरमा रहेका परिवारका सदस्यलाई पनि सोधपुछ गरियो । हाल प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia