trusted online casino malaysia
trusted online casino malaysia

लन्डन। बेलायतको एक अदालतले एक पागल प्रेमीलाई आजीवन कारावासको सजाय सुनाएको छ। अब उनले कम्तिमा २० वर्ष जेल बस्नु पर्नेछ। ती पाकिस्तानी व्यक्तिलाई आफ्नी प्रेमिकाको हत्या गरी उनको शव सुटकेसमा फालेको आरोप पुष्टी भए पछि २० बर्षको जेल सजायँ सुनाइएको हो।हत्याको एउटै कारण केटीले पागल प्रेमीसँग सम्बन्ध राख्न अस्वीकार गरेकी थिइन्। मृत्यु हुने ती युवती पनि पाकिस्तानकी हुन्। हत्याराले पाकिस्तानबाट लण्डन गएर युवतीको हत्या गरेका थिए।हत्यारालाई कारबाही भएपछि युवतीका बुबाले आफ्नी छोरीलाई जनावरले पनि राम्रो व्यवहार गर्ने बताए। २१ वर्षीय हिना बशीर र २८ वर्षीय मोहम्मद अर्सलान पाकिस्तानको सोही गाउँका बासिन्दा थिए। हिना ११ वर्षकी हुँदादेखि नै अर्सलानको पिछा गर्ने गरेको हाे। उनी हिनासँग बिहे गर्न चाहन्थे।तर हिनासँग अर्सलानको प्रेम एकतर्फी थियो। हिनाले उनलाई साथीको रुपमा मात्र हेर्थिन्। अर्कोतर्फ, अर्सलानले मानिसहरूलाई हिना आफ्नो मंगेतर भएको र दुवैले चाँडै विवाह गर्न लागेको बताउँदै आएका थिए।सन् २०२१ मा हिना थप अध्ययनका लागि लण्डन गइन्। अर्कोतर्फ हिना लण्डन गएपछि अर्सलान चिन्तित भए। त्यसपछि उनले लण्डनको एउटा कलेजमा एमएमा भर्ना पनि गरे। उनले पाकिस्तानमा एमए गरिसकेका बेला इस्लामावादको एउटा कम्पनीमा काम गरिरहेका थिए।लण्डन आएपछि पनि अर्सलान हिनालाई पछ्याउँथे। यहाँ उनले हिनालाई अर्कै केटा मन परेको कुरा पनि थाहा पाए। यसले उनलाई यति रिस उठ्यो कि उनले लन्डनमै हिनाको हत्या गरे। अनि सुटकेशमा हालेर शव खाेलामा फालिदिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia