इटहरी । इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मंगलवार दिउँसो ३ बजे ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको हो ।टिपरले ठक्कर दिदाँ तत्काल पहिचान नखुलेकी महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।टिपरको ठक्करबाट मृत्यु भएपछि अहिले इटहरी बजारको अवस्था तनावग्रस्त बनेको छ । स्थानीयबासीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

अहिले इटहरी चोकमा बाक्लो सुरक्षा फौज परिचालन गरि स्थिति नियन्त्रणमा लिने प्रयास गरिदै छ।आक्राेशित भिडले इटहरीकाे पश्चिमलाइनमा राखिएका जनचेतनामुलक ट्राफिक चिन्ह भएकाे डिभाइडर र बाेर्डहर जलाएका छन । भिडले जथाभावी ढुंगा बर्साउदा २ जना प्रहरी घाइते बनेका छन । घटनापछि प्रहरीले निकै संयमता अपनाएर ट्रिपरलाइ काेशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी पुर्याएकाे थियाे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia