इटहरी । साेमबार बिहान सुतेकै स्थानमा छात्रकाे मृत्यु भएपछि इटहरीस्थित सेकेन्डरी बाेडिर्ङ स्कुलकाे हाेस्टलमा उपमहानगरकाे टाेलीले मंगलबार ताला लगाएर अनुशन्धान सुरू गरेकाे छ । हाेस्टल व्यवस्थापनमा लापर्वाहि गरेकाे ब्यापक जनगुनासाे र सामाजिक सञ्जालहरूमा चर्काे आलाेचना भएपछि उपमहानगरले एक्सन लिदै तत्काल हाेस्टल कक्षमा ताला लगाइ अनुशन्धान अघि बढाएकाे हाे ।

उक्त हाेस्टलले नेपाल सरकारकाे शिक्षा ऐनमा उल्लेखित काम गरेकाे या नगरेकाे विषयमा पहिला अनुशन्धान गर्ने त्यसपछि पिडित पक्ष र बिद्यालय प्रसाशन दुवैलाइ राखेर छलफल राखि अघि बढने उपमहानगरका मेयर हेमकर्ण पाैडेलले बताए । सेकेन्डरी बाेर्डिङ स्कुलले सञ्चालन गरेकाे हाेस्टलमा साेमबार बिहान माेरङ लालभित्तीका १३ वर्षीय जेनिस श्रेष्ठ मृत फेला परेका थिए । श्रेस्ठ उक्त स्कुलकाे कक्षा ८ मा अध्यन्नरत बिद्यार्थी थिए । राती शकुसल सुतेका श्रेस्ठ साेमबार बिहान मृत अवस्थामा फेला परेपछि स्कुलकाे हाेस्टल व्यवस्थापन प्रती गम्भिर प्रश्न उठेकाे थियाे । सामाजिक सञ्जालमा कार्वाहिकाे माग चलिरहेकाे बेला इटहरी उपमहानगरले मंगलबार सेकेन्डरी स्कुल मात्र नभएर इटहरीमा सञ्चालित नाम चलेका अन्य निजि स्कुलहरूकाे हाेस्टल पनि अनुगमन गरेकाे छ । उपमहानगरले पिसजोन आवसिय माध्यमिक बिधालय, ग्रिन पिस एकेडमी, मोडन प्रिपेटरी लगायतका स्कुलहरूमा अनुगमन गरेकाे थियाे। अनुगमनमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, उपमेयर संगिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता सहितको टोली रहेका थिए ।










