भन्टाबारी। आज बिहान सप्तकोशी नदीको पुलबाट ट्रक खसेको छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ। उक्त नदीमा खसेको ट्रक पानीको स्तर बढेकोले वेपत्ता छ भने खोजी कार्य जारी छ।

प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७:४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ। बार भत्काउँदै ट्रक नदीमा खसेको हो। नदीमा खसेको ट्रक देख्न छाडिएको उनले बताए। सप्तकोशीमा खसेको ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरिएको राईले बताए। प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा सवार रहेकाहरुको उद्धार गरेको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia