सुनसरीको बराहाक्षेत्र नगरपालिका-१० स्थित सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । कुटपिटमा संलग्न मध्ये एक जनालाइ प्रहरीले आइतबार राति पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बराहक्षक्षेत्र नगरपालिका स्थित महेन्द्रनगरकि १९ वर्षिय प्रिति लिम्बु रहेकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार सामान्य विषयमा बिवाद हुदा कुटाकुट हुन पुगेकाे हाे । घटना असार २९ गते दिउसाे भएकाे बुझिएकाे छ । घटनामा ५ जनाकाे समुहले तिन जना माथी निर्घात कुटपिट गरेकाे देख्न सकिन्छ । १९ वर्षीया मनिषा राई, नाम नखुलेको १६ र १७ वर्षीया नाबालिगमाथि कुटपिट भएको प्रहरीकाे भनाइ छ ।
यसरी कुटपिट गर्ने र कुटिने युवतीहरू एकै गाउकाे रहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । एकजना पक्राउ परेपनि अन्यकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेकी प्रिती बिरूद्ध अभद्र व्यवहार अन्तरगत मुद्धा दर्ता गरी अदालतबाट एकसाताकाे म्याद थप भइ अनुशन्धान सुरू गरिउकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ।