trusted online casino malaysia
trusted online casino malaysia
- बिरेन्द्र शाह

इनरुवा नगरपालिकाले सामुदायिक विध्यालयका छात्राहरुलाई आज एक कार्यक्रमका बीच साईकल वितरण गरेको छ। कक्षा १० उत्तीर्ण गरेका छात्राहरुलाई साइकल वितरण गरेको हो। नगरपालिकाले निर्धारण गरेको मापदण्ड अनुसार कक्षा १० उत्तीर्ण दलित तथा मुस्लिम समुदायका छात्राहरुलाई उच्च शिक्षा पढ्न प्रोत्साहन स्वरुप साइकल वितरण गरिएको हो।

नगरपालिकाको सात वटा माध्यमिक विध्यालयका ४८ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो। यातायातका कारणले उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नहुनुपरोस् भन्ने उदेश्यका साथ कक्षा १० उत्तीर्ण दलित तथा मुस्लिम समुदायका छात्राहरुलाई नगरपालिकाले साइकल वितरण गरेको नगर प्रमुख केदार भण्डारीले इनरुवा अनलाईनलाई जानकारी दिएका हुन। जम्मा ५४ वटा साइकल वितरणकालागि खरिद गरिएको थियो भने यसको कुल रकम सात लाख रहेको नगर प्रमुख भण्डारीले जानकारी दिएका हुन।

साइकल वितरणमा केहीको असन्तुष्टि
आज नगरपालिकाले दलित तथा मुस्लिम समुदायका छात्राहरुलाई उच्च शिक्षा पढ्न प्रोत्साहन स्वरुप साइकल वितरण गरेकोमा कार्यक्रममा उपस्थित केहि छात्राहरुमा असन्तुष्टि पाईएको छ। पुर्व निर्धारित मापदण्ड भित्र ति छात्राहरु नपरेकोले नगरपालिकाले ति छात्राहरुलाई साइकल वितरण गर्न नसेको नगर प्रमुख भण्डारीको स्पष्टोक्ति रहेको छ।

इनरुवा नगरपालिका वडा नं १० जल्पापुर घर भएकि एक छात्राले आफ्नो पारिवारको आर्थीक अवस्था निकै नै दैनिय रहेको आफु आर्थीक अभावले ११ र १२ कक्षा पढ्न पाउने कि नपाउने विषयमा अन्यौल छिन्। कमसेकम यातायातको साधन साईकल नै म संग भै दिएको भए अभिभावकलाई अगाडीको पढाईकालागि मनाउन सकिन्थियो भन्ने उनको विचार रहेको थियो।

साथीहरुबाट नगरपालिकाले साइकल वितरण गर्दै छ भनि सुनेर नगरपालिका आएको हो। तर नगरपालिकाले दलित तथा मुस्लिम समुदायका छात्राहरुलाई मात्र साइकल वितरण गर्ने रहेछ। आफु ठाकुर समुदायको भएकोले गर्दा नगरपालिकाले तोकेको मापदण्डमा नपरेको उनी दुखि हुदै हामी संग आफ्नो विचार राखेकिथिन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia