काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो बनाइनु पर्ने बताएका छन् । आज (शुक्रबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताए ।

उनले यस प्रकरणमा संगठित अपराध, नागरिकता, पासपोर्ट कीर्ते, अन्तरदेशीय अपराध लगायतका विषय पनि जोडिएको भन्दै सो विषयमा पनि अनुसन्धान हुनुपर्ने बताए । उनले यस प्रकरणमा छानबिन गर्न आयोगको आवश्यकता रहेको पनि तर्क गरे ।उनले भेपमा सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराको नाम जोडिएको भए पनि प्रहरीले सामान्य सोधपुछ गर्न समेत आँट नदेखाएको बताए । प्रहरीले मिडिया ट्रायल गरिरहेको उनको भनाइ छ ।

सभापति लामिछानेले ललितानिवास जग्गा प्रकरणमा दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई पनि छानबिन गर्नुपर्ने बताए । उनले कर्मचारीलाई छानबिन गरिएको तर मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराउने तत्कालीन प्रधानमन्त्रीहरुमाथि छानबिन नगरिएको भन्दै पूर्व प्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिने प्रावधान छ कि भन्ने प्रश्न गरे ।उनले आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्नुपर्ने र ‘नो भोट’ को व्यवस्था पनि लागू गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia