BOILS river

११फागुण। तातो पानीका कुण्डहरु त हामीले हाम्रै देशमा देखे सुनेका छौँ । तर तातो पानीको नदीका बारेमा भने सुनिएको थिएन । तर एउटा यस्तो नदी फेला परेको छ जसको पानी मनतातो मात्रै होइन पूरै उम्लिएकै जस्तो तातो छ ।

त्यो नदीमा गल्तीले नदीमा परियो भने तातोले जिउ डढेर मर्नुको विकल्प हुँदैन । त्यो पानी यति तातो छ की तपाइँ सिधै पानीमा चियापत्ति र चिनी घोलेर चिया बनाउन सक्नुुहुन्छ ।

दक्षिण अमेरिकाको अमेजन बेसिनमा रहेको यो नदीको लम्बाइ ६.४ किलोमिटर, चौडाइ ८२ फिट तथा गहिराइ झण्डै २० फिट छ । अमेरिकाको टेक्सास विश्वविद्यालयका एकजना विद्यार्थी एन्ड्रीज रुजोले सन् २०११ मा यो नदीको बारेमा खोज अनुसन्धान गरेका हुन् ।

उनले यस बारेमा किताब नै लेखेका छन् । आफ्ना हजुरबाले भनेको काल्पनिक कथाको आधारमा उनी आफ्नो पिएचडी अनुसन्धानका क्रममा नदीको खोजमा निस्किएका थिए । उक्त नदी भएको स्थान आसपासमा कुनै सक्रिय ज्वालामुखी नभएपनि नदीमा उम्लिनेे पानी बगिरहनु निकै आश्चर्य भएको बताइन्छ ।

रुजोका अनुसार यो नदिको मूल धाँजा फाटेको ठाउँबाट निस्किएको छ । सोही धाँजा फाटेको ठाउँबाट निस्किएको पानी निकै तातो भएकाले यो नदीमा पूरै तातो पानी बगिरहेको छ ।यो नदीको आसपासमा स्थानीय आदिवासी समुदाय छन् जसले यो नदीको सुरक्षा गरिरहेका हुन्छन् ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia