वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिकामा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुले कार्यालय प्रवेश गर्नु भन्दा अगाडि सामुहिक रुपमा राष्ट्र गानमा अनिर्वाय सहभागी हुनु पर्ने भएको छ ।

कर्मचारीहरुको कार्यालय प्रवेश गर्ने निर्धारित समय, कार्यालय पोसाक, कार्यलयको नियमित कामसंगै नागरिकहरुको सेवा प्रवाहमा प्रति पुर्ण रुपमा जिमेवारी बनाउन अनिवार्य कार्यलय प्रबेश अगाडि राष्ट्र गानमा सहभागी हुनु पर्ने नियम बनाईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्बि प्रकाश सिटौलाले बताए ।

प्रमुख प्रशासकीय अधिकृत सिटौलाका अनुसार कर्मचारीहरुलाई समयमै कार्यालय प्रबेशसंगै सेवा ग्राहिहरुको कामलाई छिटो, छरितो बनाउन अनिवार्य रुपमा नियमित बिहान ठिक १० बजे नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुलाइ राष्ट्र गानमा सहभागी हुनु पर्ने नियम बनाईएको हो । बिहिबारबाट लागू भएको उक्त नियम अनिर्वाय र नियमित गरिने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia