इटहरी । काठमाडाैबाट पाेखराकाेलागि छुटेकाे यात्रुवाहक वस धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा ८ जनाकाे मृत्यु भएकाे छ भने ८ जना घाइते भएका छन ।काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको र तिनीहरुमध्ये ८ जनाको मृत्यु भएको छ,’ उनले भने,‘ ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’ घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।











