इटहरी । स्थानीय प्रशासने धरानमा निषेधाज्ञा जारी गरेपछि धार्मिक अभियान्ताले इटहरीमा प्रदर्शन गरेका छन् ।स्थानीय प्रशासनले धरानमा शुक्रबार रातिदेखि आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेकाे छ । निषेधाज्ञाका कारण धरानमा प्रदर्शन भएको छैन ।
धरानमा आज प्रदर्शन गर्ने तयारी गरेका हिन्दु अभियान्तले धरान जान नपाएपछि इटहरीमा प्रदर्शन गरेका हुन् । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरानकाे अवस्था सामान्य छ । धार्मिक अभियान्ताले इटहरीमा प्रदर्शन गरेकाे उनले बताए ।
मन्दिरको अगाडि चर्च बनाएको र सार्वजनिक रुपमा गाेरुकाे मासु काटेर खाएकाे विराेधमा हिन्दु अभियान्ताले धरानमा आज प्रदर्शनकाे तयारी गरेका थिए । पहिचान पक्षधरले प्रतिकार गर्ने बताएपछि स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेर प्रवेश नामा कडाइ गरेकाे छ । धरान जाने सार्वजनिक सवारी साधनको प्रवेशमा पनि प्रशासनले कडाइ गरेकाे छ ।








