इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले निशुल्क स्वास्थ्य विमा कार्ड वितरण गरेको छ। गाउँपालिकाले चौथो पटक अति गरिव तथा विपन्न परिवारलाई वितरण गरेको हो।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आइतबार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको योजना गरेर १ सय ९० जना घरपरिवारका सदस्यहरुलाई निशुल्क स्वास्थय विमा कार्ड वितरण गरेको गाउँपालिका स्वास्थय संयोजक असफाक आलमले बताए। पालिकाले आर्थिक बर्ष २०८०/८१ को बजेटमा १ हजार घरपरिवारको निशुल्क स्वास्थ्य विमा गराउने भएको छ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तरले स्वास्थ्य उपचार हुनबाट कोइ पनि बन्चित नहोस् । कसैको उपचार नभएर अकालमा मृत्यु हुनु हुदैन। भन्ने नै हाम्रो मुख्य उदेश्य रहेको छ।
भने हाम्रो भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष आजादले बताए। कार्यक्रममा नेपाल सरकारका पुर्व अर्थ मन्त्री तथा सन्चार एवम सुचना मन्त्री ज्ञानेन्द्र बाहदुर कार्की, कोशी प्रदेश सांसद इसराइल मन्सुरी, सदानन्द मण्डल, भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत सुवर्ण घिमिरे, उपाध्यक्ष सुनिता उराँव, वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी, स्वास्थय शाखाका हिरा लाल साह लगायत स्वास्थ्य विमितहरुको उपस्थिति रहेको थियो।