trusted online casino malaysia
trusted online casino malaysia
- बिरेन्द्र शाह

इनरुवा । इनरुवा नगरपालिका ५ स्थित मल्टिपल क्रिएटिभ एकेडेमीले ५९ औ राष्ट्रिय बालदिवशकाे अवसर पारेर विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । कार्यक्रममा अभिभावकलाइ सम्मान, गत शैक्षिक सत्रमा उत्कृष्ट विधार्थीहरुलाइ पुरस्कृत, पुर्व विधार्थीहरुको भेला, प्रतिभा प्रस्तुति रहेको थियो।

एकेडेमीले विद्यार्थीहरू भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य सहित ‘प्रतिभा प्रदर्शन’ कार्यक्रम सम्पन्न गरेको संचालक समितिका अध्यक्ष संतोष भट्टराईले जानकारी दिनुभयो।

संचालक समितिका अध्यक्ष संतोष भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक पहिरनका साथ बालबालिकाको एकल तथा सामूहिक नृत्य एवं विभिन्न मनोरञ्जनात्मक प्रस्तुत रहेको थियो भने विधालयले लामो समयको अन्तराल पश्चात सम्पुर्ण विधार्थीहरुको अभिभावक भेला गरेको हो।

विधालयका प्रधानाध्यापक राज कुमार मंडलका अनुसार यो कार्यक्रम हामीले अलि पृथक सोचका साथ संचालन गरेका हौ। कार्यक्रममा बालबालिकालाई पुरस्कार वितरण देखि प्रमुख अतिथि, विशिष्ट अतिथी समेत अभिभावहरुबाटै गराएका हौ । विधालय वेबस्थापक, विधार्थी र अभिभावक बिच एक किसिमको सुमधुर सम्बन्ध स्थापित हुने उद्देश्यका साथ पृथक तरिकाले कार्यक्रम संचालन गरिएको प्रधानाध्यापक मंडलको भनाई छ।

कार्यक्रमले बालबालिकाको अतिरिक्त क्रियाकलापमा मनोबल अझ मजबुत हुने र आत्मविश्वास बढ्ने निश्चित रहेको विधालय बेवस्थापन प्रमुख बिचारी कटुवाल बताउनुहुन्छ। कटुवालका अनुसार कार्यक्रमलाइ सफल बनाउन सम्पुर्ण विधालय परिवारको अहम भूमिका रहेको छ। कार्यक्रममा अध्यनरत कुल विधार्थीका ९५% अभिभावकको उपस्थिति रहेको कटुवाल बताउनुहुन्छ।

पुर्व विधार्थी, बिद्यार्थी एवं अभिभावकहरूकाे भव्य र उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम सञ्चालक सहायक प्रधानाध्यापक विवेक ठाकुर तथा शिक्षक संतोष रेग्मीले बताउनुभयो ।
मल्टिपल क्रिएटिभ एकेडेमीमा नया बेबस्थापन समिति आए संगै फरक र पृथक अनुभुति पाएको अभिभावकहरुको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia