Thai-Rajkumari

१३ फागुण। आखिर पाइखाना जस्तोसुकै महंगो किन नहोस् त्यो दिसा पिसाब गर्नमै काम आउने हो । सानो खाल्डो खनेर बोराले बारेको चर्पीमा र सुनको कमोट भएको चर्पीमा दिसा पिसाब गर्दा आउने आनन्दमा सायद फरक हुँदैन होला ।

तर दुनियामा केही मानिसहरु यति शौखिन हुन्छन् की दिसा पिसाब गर्न करोडौँका चर्पी प्रयोग गर्छन् । गत वर्ष साउदी अरबका राजाले आफ्नी छोरीको बिहेमा करोडौँ मूल्य पर्ने सुनको चर्पी दान दिएको खबर आएको थियो । अहिले फेरि राजा महाराजाको बारेमा यस्तै अर्को खबर आएको छ । यो खबर थाइल्याण्डकी राजकुमारीसँग सम्बन्धित छ ।

थाइ राजकुमारीका लागि कम्बोडियामा ४० हजार डलर खर्चिएर ट्वाइलेट निर्माण गरिएको छ । राजकुमारीको कम्बोडिया भ्रमणलाई लक्षित गर्दै झण्डै आधा करोड रुपैयाँ खर्चिएर कम्बोडियाले उक्त लग्जरी ट्वाइलेट बनाएको हो । तर विडम्बना राजकुमारीले उक्त ट्वाइलेटको प्रयोग नै गरिनन् ।

thai Toilet

स्थानीय अधिकारीहरुका अनुसार राजकुमारीलाई दिसा पिसाब गराउनका लागि लाखौँ खर्च गरेर पाइखाना बनाइएको थियो । अफशोच कम्बोडिया यस्तो गरीब देश हो जहाँ अझैपनि ग्रामीण क्षेत्रका अधिकांस मानिस खुल्ला स्थानमा दिसापिसाब गर्न बाध्य छन् । आफ्नै देशका जनताका लागि चर्पी नभएको देशमा विदेशी राजकुमारीका लागि भने लाखौँ खर्चेर बित्थामा चर्पी बनाइएको भन्दै आलोचना पनि भएको छ ।

थाइ राजकुमारी महाचक्री सिरिन्धोरनले उत्तर पूर्वी कम्बोडियाको यइकलोम क्षेत्रमा गर्ने यात्राका लागि शौचालय बनाइएको थियो । राजकुमारीले उक्त क्षेत्रमा भ्रमण गरिन् र त्यहाँ दुइ घण्टा बिताइन् । तर उनले उक्त ट्वाइलेटको प्रयोग नै गर्नुपरेन । यसको मतलब उनलाई कम्बोडियामा दिसा पिसाब नै आएन । राजकुमारीले आफ्नो लागि बनाइएको ट्वाइलेटको फोटो भने खिचिन् ।

लाखौँ खर्च गरेर बनाइएको ट्वाइलेट राजकुमारी फर्किएसँगै भत्काइएको छ । ट्वाइलेटसँगै बनाइएको बाथरुमलाई भने पर्यटक सुरक्षाका लागि सुरक्षाकर्मी बस्ने चौकीमा परिणत गरिएको छ । उक्त शौचालय झण्डै दुइ हप्ता लगाएर बनाइएको थियो ।एजेन्सीको सहयोगमा

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia