इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिका वडा नम्बर ८ (साेनयाही) मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।
कार्यक्रममा करिब २ सय ५९ जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको वडाध्यक्ष हाजी उसमान अंसारी (भाेला हाजी) ले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले “ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच” अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले आफूले गाउँपालिकाकाे याेजना पुस्तिकामा स्वास्थ्य शिविरका लागि बजेट विनियोजन गरेको बताए ।
उनले कार्यक्रममा बाेल्दै भने हाम्रो पालिकामा रहेका वृद्ध वृद्वा, असाहय, अपांग, गरिव तथा जेष्ठ नागरिकहरूकाे लागि निःशुुल्क स्वास्थ्य परिक्षण तथा नियमित चेकजाँच गर्नका लागि पालिकाले विभिन्न शिविर सञ्चालनमा ल्याउने बताए ।
गाउँमै राम्रो अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै बर्सेनि यस किसिमका शिविर सञ्चालन गर्ने हाम्रो योजना रहेको अध्यक्ष अजादले सुनाए।
शिविरमा महिला तथा प्रसुती राेग विशेषज्ञ डाक्टर कविता कुमारी यादव, बरिष्ठ हाडजोर्नी तथा बाथ राेग विशेषज्ञ डाक्टर फैयाज अंसारी, डाक्टर केदार मण्डल, डाक्टर काैसर अली, डाक्टर कमरूल हक लगायतका स्वास्थ्यकर्मीहरूले बिरामीहरूकाे स्वास्थ्य परिक्षण गरेको आधारभूत स्वास्थ्य केन्द्र भाेक्राहा नरसिंह वडा नम्बर ८ का स्वास्थ्यकर्मी नितेश कुमार यादवले जानकारी दिए ।
शिविरमा आएका अधिकांश स्थानीय बिरामीमा उच्च रक्तचाप, डायबिटिज, मिर्गौलामा खराबी तथा महिलामा छाती र स्तनको समस्या देखिएकाे उनलेे बताए ।
उक्त कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र भाेक्राहा नरसिंह वडा नम्बर ८ का स्वास्थ्यकर्मी चन्दन मेहता, स्वास्थ्यकर्मी रिना उराँव, स्वास्थ्यकर्मी उर्मिला मेहता, कार्यालय सहयाेगी नुनुलाल साह, जसपा नेपालका युवा नेता मुर्सिद मंसुरी, समाजसेवी लुकमान अंसारी, प्रहरी चाैकी उल्टी र सुखसेना प्रहरी चाैकीका सुरक्षाकर्मी तथा बिओपी उल्टीका सुरक्षाकर्मीहरूकाे उपस्थिति रहेको थिए ।