काठमाडौं । काठमाडौंको कुलेश्वरमा लेवलिङ नभएको ७० हजार किलो चिनी फेला परेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा एक व्यापारिक फर्मले भण्डारण गरिराखेको अवस्थामा ७० हजार किलो चिनी फेला पारेको हो।विभागका निर्देशक आनन्दराज पोखरेलका अनुसार ठूलो मात्रामा फेला परेको चिनीको बोरामा लेवलिङ छैन। बिक्री वितरणका लागि राखेको चिनीमा कैफियत देखिएको विभागले जनाएको छ।

‘७० हजार केजी चिनी एउटै गोदाम लेवलिङ नगरेको भेटियो,’ पोखरेलले भने,‘चीनको गुणस्तको लागि ल्याबमा पठाएका छौं।’चिनीको बोरामा नेपाली ब्रान्ड भएपनि आयातित् हो वा नेपालकै भनी थप अध्ययन हुने उनले बताए।विभागले अजोज १ गतेदेखि चाडपर्व लक्षित गरि अनुगमन सुरु गरेको छ।चाडबाड लक्षित अनुगमनले नै कुलेश्वरमा ठूलो मात्रामा चिनी भेटेको हो।

अहिले बजारमा चिनी अभाव छ। यस्तो अवस्थामा ठूलो मात्रामा चिनी भेटिएको र केही बोरामा कैफित देखिएकोले गदोमलाई शिलब्नदी गरेको विभागले प्रेसविज्ञप्ती माफर्त जनाकारी गराएको छ।विज्ञप्तिमा भनिएको छ, ‘कुलेशश्वर क्षेत्रमा एक व्यापारिक फर्मले बिक्री वितरणका लागि राखेको चिनी तथा दलहन मध्ये केही बोरामा कैफियत भेटीएकोले थप अनुसन्धानको लागि फर्मको गोदाममा सिलबन्दी गरिएको छ।’

तपाईको प्रतिक्रिया

trusted online casino malaysia