- सुरेन्द्र मेहता

इनरुवा। कोशी प्रदेशका उधोग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोलाई कुशवाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नेपाल रेडक्रस सोसाइटी उपशाखा इनरुवाले सम्मान गरेको छ।

दुवै संस्थाले संयुक्त रुपमा एक कार्यक्रमको योजना गरि महतोलाई सम्मान गरिएको हो। सुनसरी सदरमुकाम इनरुवा स्थित नेपाल रेडक्रस सोसाईटी इनरुवा शाखाको सभा हलमा सम्मान कार्यक्रमका बीच कोशी प्रदेश राज्यमन्त्री महतोलाई सम्मान गरेको नेपाल कुवाहा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन मेहताले जानकारी दिनुभयो ।

संस्था र नेपाल रेडक्रस उपशाखा इनरुवाले सम्मान पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो। कार्यक्रममा कुशवाहा कल्याण इनरुवा नगर अध्यक्ष श्रीलाल मेहता, कुशवाहा कल्याण समाजका केन्द्र उपाध्यक्ष प्रमानन्द मेहता, कोशी गाउँपालिका कुशवाहा समाज अध्यक्ष चन्द्र देव मेहता, नेपाल कुशवाहा बचत तथा ऋण सहकारी इनरुवाका अध्यक्ष अर्जुन मेहता, सचीव प्रदीप मेहता, अधिवक्ता पञ्चदेव मेहता, कलाकार प्रकाश अनुराग लगायत कुशवाहा बुद्धिजीवी व्याक्तीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

साथै कुशवाहा समुदायका पत्रकार सुरेन्द्र मेहता, सन्तोष मेहता, फुलचन मेहतालाई कुशवाहा बचत तथा ऋण सहकारी संस्था इनरुवाले सम्मान गरेको थियो। सम्मानले एक अर्कालाई भावनात्मक रुपमा जोड्ने र कुशवहा सुमदायलाई हौसला प्राप्त हुने भएकाले सम्मान गरेको संस्थाले जनाएको छ। मेहता पत्रकारहरुले आफ्ना समुदाय सहित समग्र नेपाली पत्रकारीतामा योगदान गरेको आयोजकको भनाई रहेकोथियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia