काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीआरआई कार्यान्वयका लागि छिट्टै योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल–चीन फ्रेण्डसिप फोरमद्वारा आयोजित ‘बीआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक सेमिनारलाई सम्बोधन गर्दै उनले बीआरआई कार्यान्वयनका लागि छिट्टै कार्ययोजना बनाएर दुवैतर्फका साझा संयन्त्र परिचालन गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको प्रसङ्गमा उनले कोभिड महामारी, प्रणाली र संरचनागत सीमाहरूको जिम्मेवार रहेको बताए । चिनियाँ पक्षले लगानीसम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनामा अनुदान र सहायताको नीति लिने उनले विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia