
इनरुवा फागुन १४/इनरुवा जेसिज २०१६ कालागी भएको कार्यसमिती चयनमा प्रकृया मिचेर सुनोज निरौलाको नेतृत्वमा पदाधिकारी चयन भएको भन्दै इनरुवा जेसिसका पदाधिकारीका आकांक्षीहरुले आरोप लगाएका छन् ।
बिहीवार इनरुवामा भएको इनरुवा जेसिसको शाधारणसभा तथा अधिवेशनले सुनोज निरौलाको नेतृत्वमा विभिन्न पदको चयनगरी अधिवेशन सम्पन्न भएको प्रति असन्तुष्टि जनाउँदै अध्यक्ष पदका प्रत्यासी जेसिज चन्दन गुप्ताले अधिवेशन मान्यता विपरित भएको आरोप लगाएका हुन् ।
पूर्व इनरुवा जेसिज अध्यक्ष राजन मेहताले आफ्ना निकटकाहरुलाई अध्यक्ष,उपाध्यक्ष, महासचिव लगायतका पदमा निर्वाचित भएको घोषणा गराएको गुप्ताको आरोप छ । कोठामा बसी बहुमत सदस्यहरुलाई घरघरमा गएर रजिष्टर माइनोटमा हस्ताक्षर गर्न लगाई वर्ष २०१६को जेसिज नेतृत्व चयन गरिएको आरोप लगाएका गुप्ताले नवगठित नेतृत्वलाई मान्यता नदिन र पदस्थापन कार्यक्रममा सहभागि नहुन जेसिज चन्दन गुप्ताले प्रेस विज्ञप्ती मार्फत माग गरेका छन् ।
शाषन व्यक्तिको हैन, विधीको हुनुपर्छ भन्ने जेसिसको मूल मान्यता विपरित जेसिज सदस्य र पूर्व अध्यक्षहरुले विधान र प्रकृया मिचेर नयाँ कार्यसमिति बनाइएको विज्ञप्तीमा उल्लेख छ । नयाँ कार्यसमिति अवैधानिक भएको हुँदा खारेजको माग गरेको गुप्ताले जेसिसको राष्ट्रिय, क्षेत्रीय र विभिन्न कन्भेन्सनहरुमा सहभागि भएकाहरुको योग्यताका आधारमा संस्थामा अनुभवीहरुलाई प्राथमिकतामा राखिनुपर्ने गुप्ताद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । उता २०१६ जेसिज इनरुवाका अध्यक्ष सुनोज निरौलाले आफु निती संगत जेसिजको नयाँ समितिमा चयन भएको दावी गरेका छन् ।








