प्रकाशित मिति: बिहिबार, आश्विन २८, २०७२
समय: ११:००:२८
२८ असोज इनरुवा/ अपरिचित व्यक्तिहरुको समूहले सुनसरीको कप्तानगंज ४ स्थित रहेको कृषि सहकारी संस्थामा आगजनी गरेका छन् ।
आगजनीबाट सहकारी संस्थाको कागजपत्र, दराज, टेबल जलेको सुनसरी प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।