काभ्रे । नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद नविना लामासहितका नेताहरु चढेको गाडी ब्रेक फेल भएर काभ्रेको बेथानचोक–१ मा पल्टिएर दुर्घटनामा परेको छ । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समापन गरी खानिखोला गाउँपालिकाबाट बनेपा तर्फ आउँदै गरेको वा १४ च ७०७७ नम्बरको बोलेर पल्टिँदा एमाले नेताहरु घाइते भएका छन् ।

बेथान्चोक गाउँपालिका–१ गुवाभन्ज्याङ्गको उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टिएको घाइते संविधान सभा सदस्य रामहरी सुवेदीले जानकारी दिए । गाडीमा एमाले नेताहरु पूर्व सांसद नविना लामा, एमाले बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामा लगायतका नेताहरु थिए ।

घाइते संविधान सभा सदस्य रामहरी सुवेदीका अनुसार बोलेरोमा १७ जना थिए । सात जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ । स्थानीयहरु, प्रहरी र जनप्रतिनिधिहरुले उद्धार गरी घाइतेहरुलाई अस्पताल पठाएका हुन् । घाइतेहरुलाई बनेपा र धुलिखेल ल्याउने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia