इनरुवा। भुमिहिन र अव्यस्थित बसोबासी व्यवस्था सहजिकरण समितिको निर्णय भएकोमा सो विषय कार्यान्वयनका लागि म उपर अन्याय गरेकोले कानुनी कार्वाहीको माग गर्दै सुनसरीको देवनागञ्ज गाउँपालिका ३ का ५५ वर्षिय शिवनारायण मण्डलले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । मण्डलले आफूलाई अन्याय गर्ने पाँच जना विरुद्ध आवश्यक कार्वाहीका लागि भन्दै कार्तिक १३ गते जिल्ला प्रशासन कार्यालयले आवश्यक कार्वाहीका निवेदन दिएका हुन् ।

मण्डलले देवनागञ्ज गाउँपालिका ३ का वडा अध्यक्ष अनिलकुमार भगत, वडा सदस्य कमलेश यादव, वडा सचिव वविताकुमारी मेहता, कर्मचारी माधवप्रसाद मेहता र देवनागञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता विरुद्ध अन्याय गरेको भन्दै प्रशासनमा निवेदन दिएका छन् । निवेदक मण्डलले आफू भुमिहिन दलित सुकुम्बासी भएकोमा आवाशको हक सुनिश्चित गर्नुपर्नेमा त्यस विपरित देवनागञ्ज गाउँपालिका ३ का वडा पदाधिकारीहरु र गाउँपालिका समेतले सुन्योजित रुपमा फारम भरेर पनि अनलाईनमा आफ्नो नाम नचढाएको आरोप लगाएका छन् ।

मण्डलले निवेदनमा वडा कार्यालयले भुमिहिन दलित र सुकुम्बासी तथा अव्यस्थित बसोबासीको सूचना प्रकाशन गरेकोमा आफूले पनि सुकुमबासी दलित भएको फारम भरेको तर २०७९ साउन ९ गतेको वडा निणर्य सुचिमा नामै नभएकाले अन्यायमा परेको गुनासो गरेका छन् । वडा स्तरमा सहजिकरण समितिको निर्णय भएकोमा सो विषय कार्यान्वयनका लागि नामावली प्रकाशन हुदाँ आफ्नो नाम नै नभएकाले अन्याय गरेको दावी सहित कानुनी कार्वाहीको माग गर्दै सुनसरी प्रसाशनमा उजुरी गरेको हो । उता आएको निवेदनको बारेमा जिल्ला प्रशासन कार्यालयले आवश्यक कार्वाहीका लागि सुकुम्बासी समस्या समाधन आयोग तहाचल काठमाण्डौ पठाएको छ । प्रशासन कार्यालयको चलानी नम्बर १०१८ मार्फत सुकुम्बासी समस्या समाधन आयोग तहाचल काठमाण्डौ पठाएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia