trusted online casino malaysia
trusted online casino malaysia

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुबैतर्फको बहस नोट बुझाउन आदेश भएको छ । जिल्ला अदालत काठमाडौंले दुवै पक्षलाई २२ मंसिरभित्र बहस नोट बुझाउन आदेश दिएको हो । न्यायाधीश केशव घिमिरेको इजलासले यस्तो आदेश दिएको हो ।

यो मुद्दाको अर्को पेसी २४ मंसिरका लागि तोकिएको छ । लामिछानेले एक नाबालिगलाई बलात्कार गरेको भन्दै मुद्दा परेको छ । इजलासको लिखित आदेश आउन बाँकी रहेकाले कति समयभित्रमा बहस नोट बुझाउनु पर्ने भन्ने स्पष्ट भइनसकेको सन्दीपका कानुन व्यवसायी मुरारी सापकोटाले जानकारी दिए । दुवै पक्षले बहस नोट बुझाइसकेपछि अब अर्को पेसीमा मात्रै फैसलाका लागि बहस सुरु हुने सम्भावना छ ।

सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । उनले आफू नाबालिग रहेको दाबी गरे पनि उनको उमेरमा विवाद छ । जिल्ला अदालत काठमाडौंले प्रारम्भिक सुनुवाइका क्रममा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर उक्त आदेश उच्च अदालत पाटनले बदर गर्दै सन्दीपलाई २० लाख नगद धरौटीमा छाड्न आदेश दिएसँगै तीन महिना जेल बसेर सन्दीप छुटेका थिए ।

जेलबाट छुटेपछि सन्दीप राष्ट्रिय टिमबाट खेल्दै आएका छन् । उच्च अदालतले उनलाई विदेश जान नदिने आदेश गरेको थियो । तर त्यसविरुद्ध सर्वोच्च पुगेका सन्दीप आफ्नो पक्षमा आदेश भएसँगै क्रिकेट खेल्नका लागि विदेश पनि जाँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia