trusted online casino malaysia
trusted online casino malaysia

इनरुवा । सुनसरीको इनरुवा–१ गोल चौकमा आगलागी भएको छ । आगलागीमा एक घर जलेर पुर्ण रुपमा क्षति भएको हो। इनरुवा–१ गोल चौक स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुख नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

इनरुवा लगायत अन्य पालिकाबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरील गायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ । प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia