- धीरेन्द्र नारायण मण्डल

इनरुवा। छठ पर्वको भोली तेस्रो दिन अस्ताउँदो सुर्य लाई अर्घ दिइन्छ । नदि, खोला, पोखरी लगायत ठाउँहरु सिंगारिएर अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ र भोलीपल्ट बिहानै उदाँउदो सुर्यलाई अर्घ दिएपछि छठ पर्व समापन गरी मनाउदैं आएको छ ।

सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ र ४ को सिमाना रहेको कुरुवा खोलामा सांस्कृतिक कार्यक्रम छठ बिशेष साँझ को आयोजना गरिएको छ । बेलुका करिब ५ बजे छठ पर्वका ब्रतालु र उपस्थीत सम्पूर्णलाई रमझम र मनोरञ्जन गर्न छठ बिशेष साँझको आयोजना गरिएको जानकारी गराइएको छ । कार्यक्रमलाई उत्साह बढाउन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुलाई आह्वान गरिएको जानकारी गराइएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका गायक-गायीका नविन मिश्र, रश्मी रानी र स्थानीय कलाकर/गायक प्रकाश अनुराग लाई आमन्त्रण गरिएको कार्यक्रम संयोजक धीरज वर्माले जानकारी गराउनुभयो । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि सहभागिता रहने छ साथै कार्याक्रमको सुरुमा छठ माताको आरती पूजा गर्ने र महाकाल ताण्डब नाँच गरि सुरुवात गरिने जानकारी गराइएको छ ।
राष्ट्रिय युवा समाजको आयोजनामा सांस्कृतिक कार्यक्रममा जेष्ठ नागरिक, समाजसेवी, पत्रकार र साहित्यकारहरुलाई सम्मान पनि गर्ने कार्याक्रम रहेको जानकारी गराइएको छ । कार्यक्रमलाई सभ्यभब्य बनाउन स्थानीय तह लगायत स्थानीय युवाहरुको निकै सहयोग रहेको कार्यक्रम संयोजक धीरज वर्माले जानकारी गराउनु भयो ।
छठ पर्वमा ब्रत बस्दा निष्ठापुर्व चोखो भएर बस्नुपर्ने प्रचलन रहेको छ । छठ पर्वलाई कठोर ब्रतको रुपमा मानिन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia