इनरुवा। ग्रामीण भेगका नागरिकलाई गाउँ घरमा स्वास्थ्य सेवा दिने उद्देश्यले सुनसरीको इनरुवा ४ बस चौक स्थिति रहेको अजयराज हस्पिटलले १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कोशी गाउँपालिका ८ (भन्टाबारी) मा रहेको सप्तकोसी माध्यमिक विद्यालयमा १ दिने उक्त शिविर सम्पन्न भएको हो।

अजयराज हस्पिटल द्वारा सञ्चालन गरिएको शिविरमा शारीरिक कमजोरी, मौसमी रुघाखोकी, निमुनिया, रक्तचाप, मधुमेह, स्त्री सम्बन्धि रोग लगायतका विरामीहरुलाइ मनोपरामर्श, परामर्श तथा अन्य सामान्य उपचार र निःशुल्क औषधि वितरण सेवा समेत प्रदान गरिएको हस्पिटलका फिजिसियन डाक्टर कमल किसोर यादव र स्त्री तथा प्रसुती रोग विशेषज्ञ तबसु प्रवीणले बताउनुभयो ।

शिविरमा उक्त क्षेत्रका २ सय ८ जना विरामीहरुले सामान्य उपचार तथा परामर्श सेवा पाएको अजयराज होस्पिटलका प्रमुख अजय यादवले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia