इटहरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकलाई व्यावसायिक सीप र तालिम आवश्यक रहेको बताएका छन् ।
झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत नेकपा एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूर्णमा आयोजना गरेको जनभेटघाट कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले सिप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्ने बताए । ‘यही काम नेकपा एमालेले थालेको थियो’, ओलीले भने ।
नेकपा एमालेको सरकारले छोटो समयमा पनि पर्याप्त काम गरेको ओलीले स्मरण गराए । ‘विरोधीले त्यो काम सहन सकेनन्, देशको विकास सहन सकेनन्’, ओलीले भने । एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको उनले बताए । देश विकासको काम अहिले ठप्प रहेको ओलीको भनाइ छ । यस्तो स्थितिलाई बदल्नको लागि, एमालेको सरकार, एकल सरकार नभई हुँदैन, त्यसकै लागि हामीले मिसन २०८४ भनेका छौँ’, भने । देश बनाउने अभियानको नेतृत्व नेकपा एमालेले गर्ने ओलीले दाबी गरे । ‘नेकपा एमालेले देश बनाउने कामको नेतृत्व गर्छ, यस काममा सही तरिकाको साथ अघि बढ्न पर्छ’, उनले भने ।








