काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण सात महिनापछि थुनामुक्त भएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाड्ने निर्णय गरेसँगै नेता खाँण सात महिनापछि थुनामुक्त भएका हुन् ।

उनलाई आज (शुक्रबार) नै सम्पत्ति शुद्धीकरण विभागमा बयान लिइएको थियो । जहाँ उनलाई १५ लाख रुपैयाँ धरौटी मागिएको थियो । उक्त धरौटी बुझाएपछि खाँणलाई टंगालस्थित अख्तियार केन्द्रीय कार्यालय लगिएको थियो । अख्तियारबाट उनलाई साधारण तारेखमा राख्ने निर्णय भएसँगै थुनामुक्त भएका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ठगी गरेको अभियोग लागेर थुनामा रहेका उनलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी मागेको थियो । तर शुक्रबार सम्पत्ति शुद्धीकरणले उनीसँग १५ लाख मात्रै धरौटी मागेको हो । उच्च अदालत पाटनको बिहीबार आदेशअनुसार उनले ३० लाख धरौटी बुझाएपछि सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइएको थियो ।

सम्पत्ति शुद्धीकरणबाट निस्किएपछि खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरियो । अख्तियारले धरौटी नलिई साधारण तारेखमा मात्रै राख्ने निर्णय लिएपछि खाँण केन्द्रीय कारागार सुन्धाराबाट थुनामुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia