पाँचथर । नेकपा एमालेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ आज (आइतबार) समापन गरिँदैछ ।

यात्राको अन्तिम दिन आज बिहान पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी यात्रा कार्यक्रमको समापन गरिने तयारी रहेको एमालेले जनाएको छ । आजको यात्रा १०१ किलोमिटर रहेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली भोलि (सोमबार) बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ ।

गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको संकल्प यात्रामा एमालेले मध्यपहाडका विविध समस्या पहिचान गरी लाखौं जनतासँग साक्षात्कार गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सञ्चालन गरेको संकल्प यात्राको क्रममा स्थानीयको समस्या पहिचान गरी समाधानको उपाय पनि खोजी गरिएको बताएका छन् । यात्राको १७ औं दिन शनिबार पाँचथरको फिदिममा आयोजित अन्तिम सभा पछि सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले यात्राको क्रममा स्थानीयसँग कुरा गरेको, स्थानीयकै समस्या बुझेको र उनीहरूकै अपेक्षा अनुसारको समाधान पहिल्याउने बाटो खोजेको उल्लेख गरेका छन् ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिको लागि संकल्प यात्रामा छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia