इटहरी । बाराको अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् ।दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान पुलमा जुधेका थिए । घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

घाइते हुनेहरु :

१. तनहुँ बन्दीपुर ६ का १७ वर्षीय तेजकुमार गुरुङ

२. सुनसरी भासि २ बस्ने ३० वर्षीय खिलराज दुलाल

३. सुनसरी इटहरी ४ बस्ने ४० वर्षीय सुरेन्द्र गौतम

४. गौतमका श्रीमती ३५ वर्षीया सम्झना गजुरेल

५.गौतमकी छोरी १२ वर्षीया सोराय गौतम

६. गौतमका छोरा तीन वर्षीय सोडनेम गौतम

७. बसका सहचालक झापा दमकका ४० वर्षीय नगेन्द्र उप्रेती

८. भारत अरूणाचल प्रदेश बस्ने वर्ष ५२ का सिडिमाया

९. सोही ठाउँका वर्ष ५२ की नामा एमसे

१०. सोही ठाउँका वर्ष ४२ की श्रीग धौगा

११. सोही ठाउँका वर्ष ४७ का पासाङ काण्डु

१२. इलाम माईजुमा ५ का ३० वर्षीय विनोद तामाङ

१३. इलाम चुलाचुलीका ५ का ३६ वर्षीय वीरबहादुर तामाङ

१४. सङ्खुवासभा मादी ९ का ३० वर्षीय चन्द्रबहादुर तामाङ

१५. सोही ठाउँका २४ वर्षीय विर्खबहादुर तामाङ

१६. इलाम चुलाचुली ३ का ३६ वर्षीय मनोज कुमार लिम्बु

१७. सोही ठाउँका २० वर्षीय प्रवेश पटेल

१८. झापा कमल ५ का १९ वर्षीय पुनम गुरुङ

१९. भरत कालेबुङ बस्ने वर्ष २५ को छोमी लोप्चा

२०. उहाँका पति वर्ष २९ को नामग्याल दोर्जे

२१. उहाँकी छोरी वर्ष २ की माया लोप्चा

२२. झापा अर्जुनधारा ११ बस्ने ४९ वर्षीय हरिनारायण विश्वकर्मा

२३. सुनसरी इटहरी ६ का ५४ वर्षीय अनिलकुमार थापा

२४. झापा बारदसी २ का ४२ वर्षीय धनबहादुर लिम्बू

२६. भरत अरूणाचल प्रदेश बस्ने वर्ष १९ को छिरिङ पालेदेन

२७. उर्लाबारीका २१ वर्षीया अमि श्रेष्ठ

तपाईको प्रतिक्रिया

trusted online casino malaysia