इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ३ को आधारभुत स्वास्थ्य चौकीमा नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ।

एक दिने उक्त आँखा जाँच शिविर रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगरको समन्वय र सहकार्यमा सम्पन्न भएको हो ।

उक्त शिविरमा जम्मा १८३ जना आँखाका बिरामीहरुले सेवा लिएका छन्। जसमध्ये ४३ जना बिरामीहरुमा मोतियाविन्दुको पहिचान भएका हो।

मोतियाविन्दुको पहिचान भएकाहरु मध्ये ३३ जनालाइ शल्यक्रियाकालागि आज नै रामलाल गोल्छा आँखा अस्पताल बिराटनगर अस्पताल लगिएको बराहक्षेत्र नगरपालिका कार्यक्रम अधिकृत अरुण कुमार मेहताले इनरुवा अनलाइनलाई जनाकारी दिनुभएको हो। उक्त आँखा जाँच शिविर बराहक्षेत्र नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia