aunts

१८ फागुण। कुनै मानिसको कानभित्र किटपतंग पस्नु त सामान्य हो, तर कसैको कानबाट निरन्तर रुपमा किटपतंग निस्किरहन्छन् भन्ने कुरा चाहीँ आठौँ आश्चर्य नै होला ।

तर भारतको गुजराँतकी एक १२ वर्षीया बालिका यहीँ आठौँ आश्चर्यको सिकार बनिरहेकी छिन् । श्रेया दोराजी नामकी ती बालिकाको कानबाट दिनहुँ १५ वटा कमिला निस्किन्छन् । यसरी कानबाट निरन्तर कमिला निस्किरहनुको कारण पत्ता लगाउन डाक्टरहरुले पनि सकिरहेका छैनन् ।

गतवर्ष श्रेयाको कान अचानक दुख्न थाल्यो । त्यसपछि उनका बुवाले उनलाई चिकित्सककोमा लगे । कानको जाँचपछि डाक्टरले उनको कानबाट आश्चर्यजनक ढंगले १० वटा कमिला निकाले । डाक्टरले कानबाट कमिला निकालिदिएपछि श्रेयलाई केहीदिन त हलुंगो भयो, आराम मिल्यो । तर केही दिनपछि भने उनको कान पुनः चिलाउन थाल्यो, दुख्न थाल्यो । छोरीको कान निरन्तर दुख्न थालेपछि उनका बुवा श्रेयलाई लिएर उपचारका लागि अहमदावाद पुगेका छन् ।

उनको कानबाट दिनहुँ १५ वटाजति कमिला निस्किन्छन् । कान चिलाउँछ । कानभित्र यसरी ठूलो संख्यामा कमिला कसरी छिरे भन्ने कुरामा डाक्टरहरु पनि अचम्ममा परेका छन् । आश्चर्यको पोको अझै फुकिसकेको छैन र श्रेयाले अझै चैनको सास फेरेर ढुक्कले सुत्न पाएकी छैनिन् । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia