- सुरेन्द्र मेहता

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ स्थित रहेको श्री पशुपति आधारभुत विद्यालयमा लागू औषध दुर्व्यसन विरुद्ध जनचेतना मुलुक कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर २ का विद्यालय अध्ययनरत विद्यार्थी र स्थानीयवासी समेत एक सय ५० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम भोक्राहा युवा क्लबका अध्यक्ष राजेश कुमार मेहताको अध्यक्षतामा सुरु भएको थियो भने उक्त कार्यक्रमको प्रमुख अथिती भोक्राहा नरसिंह २ का वडा अध्यक्ष आलम अन्सारीले व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

लागू औषध दुर्व्यसन विरुद्ध जनचेतना मुलुक कार्यक्रममा बालबालिकाहरु कसरी कुलतमा लाग्ने गर्छन्, यसमा लागेपछि समाजमा उनिहरुको बोली व्यवहारमा कस्तो परिवर्तन हुन्छ, दुर्व्यसनमा लागेपछि कानुनी कार्वाही लगायतका बारेमा प्रशिक्षक गंगा राम खत्वेले प्रशिक्षण दिनु भएको थियो।

उक्त कार्यक्रमको आयोजक भोक्राहा युवा कल्ब भोक्राहा नरसिंह २ ले गरेका थिए भने कार्यक्रमको सहयोग भोक्राहा नरसिंह २ को वडा कार्यालयले गरेको थियो।

त्यसै गरि लागु औषध दुव्र्यसन विरुद्ध जनचेतना मूलक कार्यक्रमको विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरिक्षक गजेन्द्र राईकाे टोलीले समेत कार्यक्रमा प्रशिक्षण दिनु भएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia