इनरुवा। लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान अन्तरगत सुनसरीको सीमावर्ती देवनागञ्ज गाउँपालिका ३ कप्तानगञ्जको कृष्ण माध्यमिक विद्यालयमा फ्यान क्लब गठन गरिएको छ । सामुदायिक प्रहरी साझोदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरीको परिपत्र अनुसार इलाका प्रहरी कार्यालय देवनागञ्ज र शिक्षा शाखाले कृष्ण माविमा लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान फ्यान क्लब गठन गरिएको हो ।

विद्यालयमा प्रमिलाकुमारी मेहताको संयोजकत्वमा १३ सदस्य समिति गठन गरिएको छ । फ्यान क्लबको सदस्य सचिवमा सुरजकुमार मेहता, सदस्यहरुमा अनिलाकुमारी मेहता, शंकर यादव, सनम पण्डित,नेहाकुमारी मेहता, सुनज पंडित, शोभाकुमारी राम, रुपेश कुमार मेहता, गिरीसा मेहता, आर्यन मेहता, अन्जुकुमारी मेहता र संरक्षणक शिक्षक गणेशप्रसाद मेहता रहनुभएको छ । फ्यान क्लब गठन कार्यक्रममा जिल्ला सल्लाहकार जयकृष्ण यादव, देवनागञ्ज शिक्षा शाखा प्रमुख राजकुमार मेहता, इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरीक्षक महेश भट्टराई, प्रधानाध्यापक उमेश प्रसाद मेहता सहितको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै फ्यान क्लब जिल्ला सल्लाहकार समितिका जयकृष्ण यादवले लागु पर्दाथ दुव्र्यसनले व्यक्ति, परिवार, समुदाय, समाज र गाउँ,टोल हुनै देशलाई असर पार्ने भएकाले सबैले मिलेर पर्दाथ दुव्र्यसनको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । यादवले पर्दाथ दुव्र्यसनमा लागेकाहरुले रोग किन्न पनि पैसा लाग्ने र निदान गर्न समेत पैसा लाग्ने र सामाजिक, आर्थिक, पारिवारिक रुपमा समेत क्षती हुने भएकाले त्यसमा लागेकालाई उद्धार गर्नुपर्ने, नलागेकाहरुलाई जोगाउन फ्यान क्लवको महत्वपूर्ण भुमिका रहने भएकाले सोही अनुसार काम गर्न आग्रह गर्नुहुदै पदाधिकारीहरुलाई बधाई दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia