काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जना हिरासतमुक्त भएका छन् । जुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चौधरीसहित अजितनारायण सिंह थापा र सञ्जय ठाकुर हाजिर जमानीमा छुटेका हुन् ।

जिल्ला अदालत काठमाडौंको आदेशअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरातमा रहेका चौधरीलगायत तीनैजना हिरासतमुक्त भएका हुन्। जिल्ला अदालत काठमाडौंले माघ २२ गते व्यवसायी चौधरीसहित तीनै जनालाई दुई दिनभित्र अनुसन्धान नसकिए हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोलाई दुई दिनको म्याद थप गर्दै सो समयमा अनुसन्धान सम्पन्न नभए हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो । अदालतको सोही आदेशअनुसार सीआईबीले उनीहरूलाई हिरासतमुक्त गरेको हो । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले चौधरीलगायत तीनैजनालाई हिरासतमुक्त गरिएको जानकारी दिए ।

माघ १८ गते जग्गा हिनामिना प्रकरणमा तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरुण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई (सीआईबी) ले नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia