चितवन। पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा आएका छन्। पूर्व राजा शाह ११ दिन बस्ने गरी पूर्वरानी कोमल लक्ष्मी शाह लगायत परिवारका सदस्यसहित चितवन आएका हुन्।

चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन आएको हो। पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

पूर्व राजालाई विमानस्थल बाहिर निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। पूर्व राजा शाह आफैँले गाडी चलाएर विमानस्थलबाट बाहिरिएका हुन् । उनी आज पटिहानीको होटल सोल्टीमा बस्ने बताइएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia